समाचार

हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट लागूऔषधसहित एक जना पक्राउ गरेका छन् । गएराति लागूऔषध ओनरेक्स ३२ बोतलसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका वडा नम्वर २...

घण्टौंबाट मिनेटमा झर्याे हेटौंडा–ध्याङसिंगटार यात्रा

मकवानपुर । बिहान गाउँबाट हिड्यो लामो समयको यात्रापछि पुगिन्थ्यो हेटौंडा, स्थानीय लवाङ लामा सम्झन्छन् । चाडै हेटौंडा पुगेर काम भ्याएर फर्कन्छु भनेर हिड्यो धेरै पटक काम नसकेर बास बस्नुपरेको उनी बताउँछन् । गाउँको बाटो डाँडापाखा हुँदै धुलाम्य भएर बल्ल–बल्ल थानाभर्याङ उत्रिएर कपडा फेरी काम काजमा लाग्ने गरेका हामी अहिले...

हात्तीको आक्रमणबाट मकवानपुरका राईको मृत्यु

मकवानपुर । हात्तीको आक्रमणबाट मकवानपुरका काले बहादुर राईको मृत्यु भएको छ । मनहरी गाउाँपालिका वडा नम्वर ६, प्रतापपुर बस्ने अन्दाजी ५५ वर्षीय राईको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिहीबार बिहान स्थानीय चितवन राष्ट्रिय...

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाहीलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई सिफारिस गरेका हुन् । अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन् ।

अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बिहीबार अबेर रात र शुक्रवार बिहान आएको आँधी र वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर...

कटुवा पेस्तोलसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको कपनबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राृ पर्नेमा सिन्धुपाल्चोक घर भएका २३ वर्षीय अर्जुन दर्नाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार, सिन्धुपाल्चोकको हेलम्बु घर भएका दर्नालले ‘म सँग पेस्तोल छ’...

सूचना टाँस गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो । सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच सहमति नभएपछि...

गायक रवि ओड धरौटीमा छुटे

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा छुटेका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार छुटेको कञ्चनपुर प्रहरीले जनाएको छ । पालिकाका ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद...

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै,...

हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड (डिजिआर) हुने भएको छ । हेटौंडा इन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनमार्फत् यही जेठ ५ गते उक्त द डिस्टिङग्विस्ड जेन्टलम्यान राईडको आयोजना गर्न लागेको जानकारी गराएको हो । कार्यक्रम हेटौंडामा पहिलो पटक हुन लागेको हो । पुरुषहरुमा हुने प्रोस्टेट क्यान्सरको...