यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ’रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको जनाएको छ ।
जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।