समाचार
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदै
मकवानपुर । बागमती प्रदेश संसदीय समितिको सभापतिको निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेश सभा सचिवालय हेटौंडाले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार आज मनोनयन दर्ता हुने भएको हो । प्रदेश सभाका प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र...
स्थगित प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार कांग्रेसको अवरोधपछि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरेको संसद् सचिवालयले जनाएको छ । प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो कोशी र मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक...
कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरिएको छ । कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको हो । यस्तै,कांग्रेसले आजै कार्यसमितिको बैठक पनि बोलाएको छ । बैठक ९ बजे दलको बैठक बस्ने गरी बोलाएको हो । ती दुबै...
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ ७ गते विश्वासको मत लिँदैछन् । चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको जनाइएको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता...
व्यवस्था बदल्न जनकलाकारको अहम भूमिका: प्रह्लाद लामिछाने
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य प्रह्लाद लामिछानेले नेपालको व्यवस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको बताएका छन् । बिहीबार हेटौंडामा सम्पन्न अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तरगत जनकलाकार संघ मकवानपुरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अझै जागरणको गीत...
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
मकवानपुर । मनहरी ३ जेठरमनहरी गाउँपालिका ६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं वागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिबार शिलान्यास गरेका हुन् । मनहरी...
स्वर्गीय भण्डारीको शालिकमा माल्यार्पण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारकमा रहेका नेकपा एमालेका जननेता स्वर्गीय मदन भण्डारी शालिकमा माल्यार्पण गरिएको छ । भण्डारीको ३१ औँ स्मृति दिवसको उपलक्ष्यमा बिहीबार एक कार्यक्रमबीच शालिकमा श्रद्धापूर्वक माल्यार्पण गरिएको हो । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठले उनको शालिकमा माल्यार्पण...
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते दिउँसो १ः१५ बजे...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी र लमजुङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ ।...










