समाचार

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलालाई घर हस्तन्तरण गरिएको छ । टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर बिहीबार एक कार्यक्रमबीच चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा...

जग्गा विवादमा कोदालो प्रहार गरी पुरुषको हत्या

जनकपुरधाम । सिरहामा आज बिहान जग्गा विवादमा कोदालो प्रहार गरी एक पुरुषके हत्या भएको छ । जिल्लाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरिएको हो । प्रहरीका अनुसार, बिहान बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेका...

हेटौंडामा खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठिको आयोजना

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठिको आयोजना गरिएको छ । गोष्ठि राष्ट्रिय योजना आयोग, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा भएको हो । गोष्ठिको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान...

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । बुधबारको तुलनामा बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बुधबार ९ दशमलव ५४ अंकले घट्दै २ हजार १७ अंकमा झरेको नेप्से सूचक आज ० दशमलव ७९ अंकले बढ्दै...

मकवानपुरमा हात्तीको आक्रमणबाट महिला घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, पेञ्चेमा हात्तीको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । हात्तीको आक्रमणमा परेर स्थानीय ५५ बर्षीय विन्दु माया प्रजा घाइते भएकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, बुधबार बिहान ज्यामिरे मध्वर्ती सामुदायिक जङगलमा निहुरो टिप्न गएकी उनलाई...

राष्ट्रिय सभाको बैठक साढे ४ बजेका लागि सर्यो

काठमाडौं । राष्ट्रिय सभाको बैठक साढे ४ बजेसम्मका लागि सरेको छ । आज दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरेर सारिएको हो । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी गरिएको सूचनामा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम...

लागूऔषधसहित मकवानपुरका एक जना पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्ने ३१ वर्षीय दिपक बैजु रहेका छन् । उनलाई गाँजा ५ किलो ४ सय ग्रामसहित इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बनेपाबाट पर्सा...

हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर प्रथम

मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर माध्यमिक विद्यालय प्रथम भएको छ । फाउण्डेशनले ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजना गरेको मावि स्तरीय उक्त प्रतियोगितामा १५ वटा विद्यालयलाई पछि पार्दै तुलसी मेहरले पहिलो स्थान हाँसिल गरेको हो । यस्तै, प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय...

जलवायु कार्यक्रमको मूलप्रवाहीकरणका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

मकवानपुर । बागमती प्रदेशको दोस्रो आवधिक योजनामा जलवायु कार्यक्रमको मूलप्रवाहीकरणका लागि बुधबार हेटौंडामा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नागरिक संघ, संस्थाहरुको तर्फबाट संयुक्त रुपमा मुख्यमन्त्री शालिकराम जमकट्टेल र बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । जलवायू परिवर्तनको उच्च जोखिम भएका...

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो । बैठकमा सरकारको नियमित काम कारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।