चितवन दुर्घटना अपडेटः मृतकको संख्या २ पुग्यो
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा भएको दुर्घटना परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको उपचारको क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका उनी ट्रक चालक हुन् ।
उक्त दुर्घटनामा परेर यसअघि १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
गएराति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस एकापुमा ठोक्किएर दुर्घटना भएको थियो ।