‘बागमती प्रदेश शून्य प्लास्टिक’ नारासहित सरसफाई अभियान संचालन गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश शून्य प्लास्टिक’ भन्ने नाराका साथ सरसफाई अभियान संचालन गर्ने भएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले प्लास्टिकजन्य पदार्थबाट शहरी क्षेत्र, राजमार्ग छेउछाउ ऐतिहाँसिक धार्मिकस्थल, सम्पदा तथा पर्यटकीय क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रणका लागि उक्त नारासहित सरसफाई अभियान संचालन गर्न लागेको बताए ।
प्रदेश प्रमुख शर्माले सो कार्य स्थानीय तह तथा संघीय सरकारको सहकार्यमा गर्ने बताए ।