समाचार
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा ७ रुपियाँ र डिजेल/मटितेल प्रतिलिटरमा ५ रुपियाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पाेरसन (आइओसी) ले बुधबार पठाएको...
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षमा बसेको मन्त्रिपरिषद्ले विभिन्न ७ वटा निर्णय गरेको हो । यस्ता छन् निर्णयहरु : १) युवा तथा खेलकुद मन्त्रालय बनाउने जिम्मा रमा आले मगरलाई दिने । २) प्रदेश विकास परिषदमा सदस्यहरु मनोनयन...
आज राष्ट्रिय सभाको बैठक पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवनमा बस्ने गरी बोलाइएको हो । बैठकमा राष्ट्रपतिबाट भएको संशोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची...
दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका वाइबाको मृत्यु
मकवानपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका लालबहादुर वाइबाको उपचारको क्रममा मृत्यु भएको छ । हेटौंडा–५ शान्तिनगर बस्ने ५२ वर्षीय वाइबाको चितवनको भरतपुरमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत वैशाख...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ
डोटी । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन् । उनीहरुलदाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको जनाएको...
प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । उक्त बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । जसमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि रहेको छ । बैठकमा सभामुख...
दुर्घटनामा परेर हेटौंडाका मुडभरीको मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका– ४, सादेपुलमा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने केशव प्रसाद मुडभरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार, बागमतीको भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने...
बागमती प्रदेश सभामा डढेलो नियन्त्रणदेखि हेटौंडा अस्पतालसम्मका कुरा
मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही जेठ ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित गरेका हुन् । प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । आज बसेको...
प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश स्वीकृत
मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश’ बहुमतले स्वीकृत भएको छ । आज अपराह्न बसेको दोस्रो प्रदेश सभाको दोस्रो बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत प्रदान गरेको हो । उक्त अध्यादेश बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सभामा स्वीकृत गरियोस्...










