एयर गनसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १३,आईतवार १६:४१
file-photo

रूपन्देही । रूपन्देहीको सैनामैना नगरपालिका–४ हडैया बस्ने मोहन मल्लाह एयर गनसहित पक्राउ परेका छन् ।

२३ वर्षीय मोहन १ थान एयर गनसहित शनिबार राति पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बाटोमा म्याग्जीन नभएको उक्त गन बोकेर हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका मोहनमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।