वातावरण दिवसमा अन्तर विद्यालय हाजिरी जवाफ कार्यक्रम

तु खबर संवाददाता
२०८१ जेष्ठ १३,आईतवार १८:२६

मकवानपुर । हेटौंडा–११ मा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । उक्त कार्यक्रम विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको हो ।

टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–११ को आयोजनामा भएको हो । प्रतियोगितामा हेटौंडा–११ का विभिन्न विद्यालयका २० वटा बाल समूहका ६० जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा प्रगतिशील बाल समूह प्रथम, सुर्योदय द्धितीय, लालिगुरास तृतीय र हेटौंडा एकेडेमी सान्त्वना भएका छन् ।

कार्यक्रम वडा समन्वय समिती अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रम आनन्द भैरव आधारभूत विद्यालय हेटौंडा ११ को प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्यहरु क्रमशः गोपिनी सापकोटा, विकास नेपाल, गीता सुनार, सञ्जय बिडारी, आनन्दभैरब आधारभुत विदालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लगायतको आतिथ्यता रहेको थियोे ।