आइतबार २२ दशमलव १४ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार गिरावट आएको छ । गत साता लगातार बढेको नेप्से यस साताको कारोबारको पहिलो दिन नै २२ दशमलव १४ अंकको गिरावट आएको हो ।
यससँगै नेप्से परिसूचक २१०९ अंकमा पुगेर रोकिएको छ । १ दशमलव ०३ प्रतिशतको गिरावट आउँदा आइतबार २९ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ ।
यस्तै, आइतबार ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता सेयर किनबेच भएको जनाइएको छ ।
गत साताको ४ दिन लगातार बढ्दै नेप्से परिसूचक ११२ अंकभन्दा बढीले उकालो लाग्दा २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।