एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, प्रमुख अतिथि पूर्व राष्ट्रपति

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महिला भेलाको सबै तयारी पूरा भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको उक्त भेलाको तयारी पूरा भएको हो ।
आइतबार आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले सो बारे जानकारी गराएका हुन् ।
संयोजक ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमालेका अध्यक्ष केपी शर्मा ओली रहने बताए ।
जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा हुने उद्घाटन कार्यक्रममा करिब पाँच हजार महिलाको सहभागितामा हुनेछ ।
भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बिचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुनेछ ।