बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिए ।
नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्न प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने सभामुख पाठकले बताए ।
त्यसअघि आज साढे १२ बजे कार्यपरामर्श समितिको बैठक पनि बोलाइएको छ । कार्यपरामर्श समितिको बैठकमा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममाथिको छलफल कहिलेबाट प्रारम्भ गर्ने भन्ने बारे छलफल हुने सभामुख पाठकले बताए ।