मदिरा उत्पादनका लागि कानूनी प्रबन्ध गर्न संघीय सरकारसँग समन्वय गरिने

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार १६:२७

मकवानपुर । बागमती प्रदेश सरकारले मदिरा उत्पादनका लागि कानूनी प्रर्बधन गर्न संघीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।

सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले सो कुराको जानकारी गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले प्रदेशभित्र उत्पादन हुने फलफूल, अन्न र जडिबुट्टीबाट मदिरा उत्पादनका लागि कानूनी प्रबद्र्धन गर्न संघीय सरकारसँग समन्वय गरिने बताएका हुन् ।