हेटौंडामा बहुउद्देश्यीय पोखरी निर्माण गर्ने प्रदेश सरकारको घोषणा

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार १६:३८

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा बहुउद्देश्यीय पोखरी निर्माण गर्ने घोषणा गरेको छ ।

सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले हेटौंडा उपमहानगरपालिकाको गंगटेमा बहुउद्देश्यीय पोखरी निर्माण गर्ने घोषणा गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले प्रदेशको दोलखा जिल्लाको जिरीमा बहुउद्देश्यीय मानव निर्मित ताल निमार्ण गरिने पनि जानकारी गराए ।