आगलागीमा परेर युवकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागीमा परेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनी बानियाँटारस्थित खेमनारायण चालिसेको घरमा भाडामा बस्दै आएका थिए । उक्त कोठामा राति आगलागी हुँदा आगोमा जलेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
आगलागीबाट करिब १५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।