सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिएको हो ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको छ ।
