बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक आह्वान

तु खबर संवाददाता
२०८१ जेष्ठ १५,मंगलवार ०९:४४
file-photo

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको लागि बजेट स्वीकृत गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको जनाइएको छ ।

मंगलबार दिउँसो १ बजे बस्ने संघीय संघद्को राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक बस्दैछ । उक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत हुनेछन् ।