घरेलु मदिरा बिक्री वितरणमा खुला गरिने
काठमाडौं । सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने जनाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
अर्थमन्त्री पुनले त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको उल्लेख छ ।
उनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने बताए ।
