मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु
काठमाडौं । ललितपुरको सानेपामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर रामेछापको मन्थली नगरपालिका–६ कुनौरी घर भएका २४ वर्षीय विजय घिसिङको मृत्यु भएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार, सानेपास्थित स्टार अस्पताल अगाडि बा.७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घिसिङको मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर सोही जिल्लाको मन्थली नगरपालिका–६ कुनौरी घर भएका ३७ वर्षीय सन्जय कुमार घिसिङ घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।
