खानेपानी मन्त्रालयले पायो २६ अर्ब ६३ करोड बजेट
काठमाडौं । संघीय सरकारको खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २६ अर्ब ६३ करोड बजेट पाएको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त रकम पाएको अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।
अर्थमन्त्री पुनले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजित गरेको बताए ।
