विपक्षी दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ १५,मंगलवार ०९:२६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी मोर्चाको बैठक आह्वान गरेको छ । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्ने गरी आह्वान गरेको हो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् ।

सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक आह्वान गरेको हो ।

बजेट प्रस्तुत गर्न आज दिउसो १ बजे संघीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक बोलाइएको छ ।