समाचार
शुक्लाफाँटाका ४०० घर शौचालयविहीन
कञ्चनपुर, २५ पुस । दुई वर्षअघि खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा शौचालय छैनन् । प्रायः विपन्न र दलित समुदायका घरमा शौचालय नभएको पाइएको छ । अर्थ र चेतना अभावले अधिकांशले शौचालय नबनाइएको बताइएको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ...
झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन
– मीना घोरसाइने काभ्रे, २५ पुस । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा । झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे...
जनप्रिय टोलमा खानेपानी ट्यांकी र शौचालय
पोखरा, २५ पुस । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । जनप्रिय आमा समूहको सक्रियतामा महानगरपालिकाको रु सात लाख ९६ हजार ५०० र आमा समूहको रु ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी...
विषादीयुक्त रसायनको प्रयोग न्यूनीकरण गर्न माग
काठमाडौँ, २५ पुस । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले विषादीयुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानिसको स्वास्थ्यमा विस्तारै असर पार्ने महासंघले जनाएको छ । यहाँ सोमबार आयोजित ‘प्रकृति र स्वास्थ्य बचाऔँ’ नामक अभियानमा...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यू
गौशाला, २५ पुस । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा मोटरसाइकल दुर्घटनामा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बतानुभयो । प्रकनियादेवी ज८प ४८६० नंको मोटरसाइकलमा चढी आफ्ना...
‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री वितरण
राजविराज, २५ पुस । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ । ‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण...
पत्रकार महासंघलाई रु दुई लाख ५० हजार
बागलुङ, २५ पुस । नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणमा उद्योग वाणिज्य संघ बागलुङले रु दुई लाख ५० हजार सहयोग गरेको छ । संघद्वारा हालै आयोजित बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सरकारी, निजी क्षेत्रलगायत...
हेटौँडामा बरामद भएको ५९ हजारको अवैध कपडा राजश्व अनुसन्धानमा बुझाईयो
मकवानपुर, २५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बसको सिटमुनि लुकाई राखेको अवस्थामा करिब ५९ हजार रुपैयाँको भन्सार छलिएको कपडा बरामद भएसँगै सोमबार आन्तरिक राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाइएको छ । पुस २१ गते करिब २ बजेको समयमा प्रहरी चौकी बसपार्क, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा...
जनप्रतिनिधिले यसरी बेच्थे घ्याङफेदीका छोरी–चेली
काठमाडौँ, २५ पुस । नुवाकोटको दुर्गममध्येमा पर्ने घ्याङफेदी यस्तो गाउँ हो, जहाँबाट सबैभन्दा धेरै छोरीचेली मुम्बई र दिल्लीका कोठीमा बेचिए । एउटा जमाना थियो, घ्याङफेदीमा कसैले आफ्नो घरमा टिनको छाना लगाएमा त्यहाँका गाउँलेहरू गफ गर्थे, ‘फलानाले छोरीलाई बम्बै पठाएछ ।’ अहिले बम्बैको नाम फेरिएर मुम्बई भएको छ, त्यस्तोमा एकजमानामा...
मेडिकल माफियाविरुद्ध जेहाद छेडेका डा. गोविन्द केसीलाई अदालतको आदेशपछि प्रहरीले पक्राउ गर्यो
काठमाडौं । प्रहरीले डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल महाराजगंजबाटै पक्राउ गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पत्रकार सम्मेलन गरेका डा. केसीलाई अदालतले आजै पक्राउ गर्न पूर्जी जारी गरेको थियो । आजै अदालतबाट प्रहरीकहाँ पत्र पुगेको थियो भने प्रहरीले सोही पूर्जीको आधारमा भर्खरै डा. केसीलाई पक्राउ गरेको छ । डा....






