नवनिर्वाचितलाई निर्माण संघको स्वागत
मकवानपुर । नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्माण व्यवसायी संघ मकवानपुरले स्वागत गरेको छ । यस अवसरमा निर्वाचितलाई सफल कार्यकालको बधाई समेत दिएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवम् मकवानपुरका माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा बधाई कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको हो ।

नारायणी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, उद्योग संघका अध्यक्ष नवराज अर्याल र दुबै संघका बिजयी पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी बानियाँले स्वागत सम्मान गरेका थिए । यश अवसरमा निर्माण व्यवसायी संघका अध्यक्ष पराजुलीले मकवानपुरका सबै संघ सस्थाबिच सुमधुर तथा व्यवसायिक सम्बन्ध रहनु पर्ने बताए । कार्यक्रममा नारायणी संघ, उद्योग संघ र निर्माण व्यवसायी संघका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको छ ।
