हेटौँडाका सोम भिमफेदी जेल चलान
मकवानपुर, ७ माघ । डाँका मुद्धामा मकवानपुर जिल्ला अदालतले दोषी ठहर गरेको साबिक चुरियामाई गाविस वडा नम्बर ३ हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने सोम लामालाई भिमफेदी जेल चलान गरिएको छ ।
३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले आईतबार उनलाई पक्राउ गरी सम्मानित मकवानपुर जिल्ला अदालतमा पेश गरेकोमा सजाय भुक्तानको लागी कारागार कार्यालय भिमफेदीमा पठाईएको हो ।
उनलाई सम्मानित मकवानपुर जिल्ला अदालतको मिति २०७२ बैशाख २३ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ३० हजार जरिवाना तोकेपछि उनी फरार भएका थिए ।
