नरैनापुर गाउँपालिकामा सनराईज बैकको सेवा शुरु

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार ११:२५

बाँके, ८ माघ । बाँकेको नरैनापुर गाँउपालिकामा सनराईज बैंकको सेवा आईतबारदेखि शुरु भएको छ ।

बैँक उद्घाटना कार्यक्रमलाई सम्बोधन गर्दै सनराईज बैकका निर्देशक गुरु प्रसाद पौडेलले निकै बिकट क्षेत्रको रुपमा चिनिएको नरैनापुर गाँउपालिकामा जनताको माग बमोजिम सेवा गर्न पाएको प्रति खुशी लागेको बताउँदै बैकको शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुच पुर्याउने बैकको लक्ष्य बमोजिम नरैनापुरमा बैक स्थापना गरेको बताए । उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एसएमएस बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा,सहितको पूर्ण बैकिङ सेवा संचालनमा ल्याएको पौडेलले जानकारी गराए ।

बैंक उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष इस्तीयाक अहमद शाह‘सम्मु मिया’ले आफूले नरैनापुर गाँउपालिकाको विकासका लागि मरिमेटेर काम गरेको र यसलाई विकासको नमूना क्षेत्र बनाउने संकल्प लिएको बताएका छन् ।

नरैनापुर गाउँपालिकामा आइतबार सनराईज बैकको उदघाटन गर्दै शाहले बैकिंग कारोबारको समस्याबाट जनता मुक्त गर्न सफल भएको बताउदै उनले कृषिको आधुनिकिकरण हुने बताए । ‘विकासका अधुराकाम पुल,कल्र्भट निर्माण पुरा हुने छन् । वाटोहरु पिच हुने छन । शुद्ध खानेपानीको प्रवन्ध भएको हुने छ । विद्युतको ब्यवस्थित वितरण हुने छ । पोल वितरण गरिने छ,ट्रान्समिटर राखेर विद्युत सप्लाई सहज वनाइने छ ।” उनले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवा सहज रुपमा उलब्ध गराउने जिकिर गरे ।

उनले केही तत्वहरु विकास र समृद्धिको बाधकको रुपमा देखा परेको उल्लेख गर्दै शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने संसदीय व्यवस्थामा विश्वास नगरी अधिनायकवाद र निरंकुशताको बाटोमा गए त्यस्ता व्यक्तिहरुलाई जनताले किनारा लगाइदिने दाबी गरे । उनले सडक निमार्णका लागि ठेक्का दिई सकेको बताउँदै ५ वर्षभित्र सबै बाटोहरु कालोपत्रे गर्ने समेत दाबी गरे ।

बैंक उदघाटन कार्यक्रममा जनप्रनिधिहरु, सशस्त्र प्रहरी,जनपद प्रहरी र स्थानीय जनताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*