समाचार

भुईँ स्याउ खेती गर्ने राई नमूना कृषक बन्ने धुनमा

—गोपालप्रसाद पोखरेल पथरी, मोरङ, २५ पुस । मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ । मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गर्नुभएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७० हजारको भुँई स्याउ...

दाउन्ने दूर्घटनामा एकको मृत्यु, सात घाइते

नवलपरासी, २५ पुस । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।...

स्थानीय तहका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

खोटाङ, २५ पुस । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको...

महाकाली प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण कार्यक्रम

डडेल्धुरा, २५ पुस । महाकाली नदीले प्रभावित पार्ने क्षेत्रमा जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार डडेल्धुरामा महाकाली नदीले प्रभाव पार्ने र जोखिम न्यूनीकरण गर्नका लागि प्रभावमा परेका चार जिल्लाका कर्मचारीलाई डडेल्धुरामा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सवारी पार्किङ क्षेत्र अव्यवस्थित (फोटो फिचर)

मकवानपुर २५ पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सवारी पार्किङ क्षेत्र व्यवस्थित हुन सकेको छैन । केहि समय अघि २५ मिटर सडक प्रकरणका कारण केहि सरकारी कार्यालयहरु रहेका स्थानमा बाटो विस्तार गर्नेकाम गरीएको थियो । जिल्ला प्रहरी कार्यालय जिल्ला हुलाक कार्यालय लगाएत रहेका स्थानमा पनि बाटो विस्तार गरीएको थियो...

शितलहर पीडितलाई नयाँ सोचको सहयोग

मकवानपुर, २५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ का क्रियाशिल युवाहरुको संस्था नयाँ सोचले बारा जिल्लाका शितलहर पीडित मुसहरहरुलाई न्यानो कपडा बितरण गरेको छ । आईतबार पूर्वी बाराको बसन्तपुरस्थित मुुसहरबस्ती पुगेर उनीहरुले चारसय जनालाई न्यानो कपडा बितरण गरेका हुन् । ३० बोरा ज्याकेट, स्वीटर, पाईन्ट लगायत कपडा...

कफी खेतीको विकासका लागि समूह

तेह्रथुम, २५ पुस । तेह्रथुमको आठराई गाउँपालिकामा कफी खेतीको विकास र विस्तारका लागि गाउँपालिका स्तरीय कफी कृषक समूह गठन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी खेती प्रविधिसम्बन्धी प्रशिक्षण पछि कफी खेतीको विकास र विस्तारका लागि किसान उत्साहित भएका हुन् c किसानले हरिप्रसाद...

डा केसी अदालतमा, पक्राउको विरोधमा उर्लियो जनलहर

काठमाडौँ, २५ पुस । वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन् । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा. केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । यता डा केसी पक्राउ परेसँगै...

रोल्पाका दुईसयभन्दा बढी विद्यालयमा दरबन्दी छैन, अभिभावक मारमा

–उमा केसी रोल्पा, २५ पुस । रोल्पामा करिब २०० भन्दा बढी विद्यालयले सरकारी दरबन्दी बिना नै विद्यालय सञ्चालन गरिरहेका छन् । ती विद्यालयले सरकारबाट दरबन्दी नपाएका कारण अभिभावकसँग सहयोग मागेर विद्यालय सञ्चालन गर्न बाध्य भएका हुन् । उचित सरकारी लगानीको अभावमा रोल्पाका सामुदायिक विद्यालय गैरसरकारी संस्थाको सहयोग र अभिभावकको...

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

इटहरी, २५ पुस । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३...