वेवारिसे अवस्थामा भेटियो नवजात शिशुको शव 

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १३:१६

गुल्मी,  माघ ८  गुल्मीको रुरु गाउँपालिकाको रिडीमा नबजात शिशुको शव फेला परेको छ ।  रिडी खोलाको किनारमा रहेको फोहोर फाल्ने ठाउँमा आइतबार साँझ मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

खोलाको किनारामा बोरा भित्र पोको पारेर फालिएको शव केटाकेटीहरुले खेल्ने क्रममा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा नाल नकाटिएको अवस्थामा भेटिएको छ । उहाँले भन्नुभयो, ‘बच्चालाई वेवारिसे अवस्थामा कसैले जन्माएर फालेको हुनसक्छ ।’

घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । वेवारिसे अवस्थामा फेला परेको मृत नवजात शिशुको शवलाई अहिले इलाका प्रहरी कार्यालय रिडीमा राखिएको छ । पोष्टमार्टमपछि स्थानीय जनप्रतिनिधीहरुको रोहवरमा दाह संस्कार गरिने प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।-उज्यालोअनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*