समाचार

चटपटे र पानीपुरीमा हानिकारक तेल, सावधान ! ज्यान जाला

काठमाडौँ, २६ पुस । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। आजको...

व्यापार घाटा दैनिक दुई अर्ब ६६ करोड

काठमाडौँ, २६ पुस । वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन-मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो। चालु आर्थिक...

चिसोका कारण सिरहामा थप दुईको मृत्यु

लहान, २५ पुस (रासस) : पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर आज सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो । अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु भएको स्थानीयवासी...

महेश बर्तौलालाई मार्न खोजेको अनेरा स्ववियुको आरोप, काठमाडौंका तीन प्रहरीमाथि कारवाही माग

काठमाडौँ, २५ पुस । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा निर्मम दमन गर्ने प्रहरीमाथि कारवाही गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ । अनेरास्ववियुको आयोजना भएको शान्तिपूर्ण प्रदर्शनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र घानुकको आदेशमा प्रहरीले निर्मम दमन गरेको अनेरा स्ववियुको आरोप छ । सो...

मकवानपुर उद्योग वाणिज्य संघमा ढकाल, खत्री र अधिकारी मनोनित

मकवानपुर, २५ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आज बसेको निर्वाचित कार्य समितिको बैठकले समितिमा पदाधकारी सहित विधान अनुसारको मनोनित सदस्यहरुको चयन गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको बैठकबाट बरिष्ठ उपाध्यक्षमा माधव न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्षमा अनिल अग्रवाल, वाणिज्य सचिव एव् प्रवक्तामा काव्यमणि अधिकारी, उद्योग...

डाक्टर केसीको रिहाईको माग गर्दै हेटौंडामा प्रदर्शन

मकवानपुर २५ पुस । मकवानपुरको हेटौंडामा आज डा गोविन्द केसिको रिहाईको माग गर्दै दवाव मुलक शान्ति प्रर्दसन भएको छ । डा केसीले लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रको समस्या सुधारको लागि पहल गरीरहेको प्रति सरकारले सम्मान गर्नुको सट्टा उल्टो अपराधिलाई जस्तो गिरफ्तार गरेको भन्दै हेटौंडाका स्वास्थ्यकर्मीहरुले दवाव मुलक शान्ति प्रद्धर्सन...

डा. केसीले सर्वोच्च अदालतमा बयान दिँदै भने – भान्जीज्वाइँलाई ६ महिनामा ३ पटक बढुवा गरी मूख्य न्यायाधीश बनाउने, दुईटा नागरिकता लिने गोपाल पराजुलीमाथि कारवाही होस् ( लिखित बयानको अंशसहित )

काठमाडौं । प्रधानन्यायधीश गोपाल पराजुलीले संगीन अपराध तथा गैरकानूनी कार्य गरेकोले निजलाई कारवाहीको माग गर्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन् । अदालतको अवहेलना मुद्धामा हिजो प्रहरीबाट पक्राउ गरी आज सर्वोच्च अदालत उपस्थित गराइएका डा. केसीले अदालतको सामुन्ने लिखित बयान दिँदै अदालतको अवहेलना आफूबाट नभई प्रधानन्यायाधीश पराजुलीबाट...

नारायणी यातायातको अध्यक्षमा यसकारण उठ्दैछन् गोकर्ण पराजुली

मकवानपुर २५ पुस । नारायणी यातायात व्यवसायी संघको आसन्न पुस २७ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा गोर्कण पराजुलीले उम्मेदवारी घोषणा गरीसकेका छन् । उनी २ दशकदेखि यातायात र व्यवसायीको हकहितको लागि आफु जुटीरहेको बताँउछन् । उनको उम्मेदवारीको विषयमा तु खबरले उनीसंग कुराकानी गरेको थियो । उनले आफु विकृति,...

गाउँपालिकामा लेखापाल नहुँदा काम ठप्प

बाबियाचौर, म्याग्दी, २५ पुस । म्याग्दीको धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको कार्यालय करिब दुई महिनादेखि लेखापालविहीन भएको छ । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ । कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ ।...

बम हमलामा संलग्न एकजनालाई नुवाकोट ल्याइयो

नुवाकोट, २५ पुस । सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश...