समाचार

उखुु खरिदमा ठगी

रौतहट, २६ पुुस । उद्योगी र दलाल मिलेर उखुु खरिदमा किसानलाई ठगी गरिरहेका छन् । नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्पmत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखुु खरिद गरिरहेका छन् । उखुु उत्पादक किसान संघ र चिनी उत्पादक उद्योगीबीच काठमाडौँमा अर्को...

महाकाली कोरिडोर निर्माण अवरुद्ध

–विनोदसिंह विष्ट बैतडी, २६ पुस । महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ । महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भएको हो...

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय

भक्तपुर, २६ पुस । नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको...

विद्युत् सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण

बाबियाचौर, म्याग्दी, २६ पुस । मालिका गाउँपालिका–७ बिमस्थित डाँडाखेतमा सबस्टेशन निर्माण गर्न जग्गा अधिग्रहण गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि १३२ केभी क्षमताको सबस्टेशन निर्माण हुन लागेको हो । सबस्टेशन निर्माणका लागि...

किसान उखु खेतीतर्फ आकर्षित

भीमदत्तनगर, २६ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ । जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हँुदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान...

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रत्ननगर, चितवन, २६ पुस । मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१...

सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली

काठमाडौँ, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा...

पाँच हजार हेक्टरमा हिउँदे तरकारी

कलैया, २६ पुस । बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । जिल्लामा कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कूल ८३ हजार...

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ, २६ पुस । विभिन्न व्यक्तिको सवारी साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुई जाना उपक्राउ परेका छन् । सो घटनामा संलग्न काठमाडाँै तारकेश्वरका शिवहरि कार्की र बालाजु माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडाँै पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को...

निसासिएर दुई बालिकाको मृत्यु

इटहरी, २६ पुस । इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर...