समाचार
‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी, कथाको पठन नभएको भनाई
हेटौँडा, २८ पुस । प्रगतिशील लेखक संघ मकवानपुर र नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबार हेटौँडामा ‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको प्रमुख मातृका पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समीक्षक, पत्रकार तथा कथाकार अभय श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।...
नारायणी यातायातमा हिरालाल र गोकर्णको कडा प्रतिस्पर्धा (सबै उम्मेदवारको ताजा मतपरिणाम सहित)
मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म ६ सय मतगणना भएको छ । ६ सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठको ३२८ मत र पराजुलीको २६२ मत रहेको...
निर्माण व्यवसायी संघले गर्यो मउवा संघका नवनिर्वाचितहरुलाई सम्मान
मकवानपुर २७ पुुस । निर्माण व्यवसायी संघ मकवानपुरले आज मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरको छ । आज हेटौंडामा एक कार्यक्रमको आयोजना गरी संघका नवनिर्वाचितहरुलाई खादा लगाएर सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मउवा संघका अध्यक्ष कृष्ण कटुवाल उपाध्यक्षहरु गणेश भेटवाल माधव न्यौपाने ,रामप्रसाद न्यौपाने ,लगाएत मउवा...
चिसोका कारण आलुखेती नष्ट
इनरुवा, २७ पुस । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताउनुभयो । सदरमुकाम...
गुम्बा डाँडामा एक करोडको २५ फिट अग्लो बुद्धको मुर्ती, सहयोग संकलन शुरु
–चन्द्र घलान मकवानपुर, २७ पुस । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि लो डाँडाबाट गुम्बा डाँडा नाम रहन गएको गुम्बा डाँडालाई थप आकर्षक बनाउनका लागि करिब १ करोडको लागतमा २५ फिट अग्लो धातुको मुर्ति...
ल हेर्नुहोस् यसरी हुँदैछ हेटौंडामा कुस्ती(फोटो फिचर)
मकवानपुर २७ पुस । मकवानपुरको हेटौंडा ४ हुप्रचौरमा आज कुस्ती प्रतियोगिता संचालन भईरहेको छ । हेटौंडामा पहिलो पटक कुस्ती प्रतियोगिताको आयोजना भएको जिल्ला खेलकुद विकास समितिका सचिव राजन दाहाल खुसराजले बताएका छन् । १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता संचालन भईरहेको समेत उनले जानकारी दिएका छन् । कुस्ती...
‘एक परिवार एक गाई-भैँसी ’
काठमाडौँ, २७ पुस/ नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ । गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएसनले जनाएको छ । भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी...
भारतीय उँटको नेपाली डान्स
बागलुङ, २७ पुस । ‘माया जहिले रिसाउनी…’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे । भारतको राजस्थानदेखि दुई हजार ५५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन...
नारायणी यातायात व्यवसायी संघको निर्वाचन हेटौंडामा हुदैं (फोटो फिचर)
मकवानपुर २७ पुस । नारायणी यातायात व्यवसायी संघको ३१ औं अधिवेशन तथा निर्वाचन मकवानपुरको हेटौंडा ४ वाशुदेव सभागृहमा संचालन भईरहेको छ । निर्वाचनमा उल्लेखनिय यातायात व्यवसायीहरुको उपस्थिति रहेको छ । साँझसम्म मतगणना सम्पन्न हुने स्रोतले जानकारी दिएको छ । निर्वाचन सम्पन्न पश्चात मतगणना सुरु हुने पनि जानकारी छ । ...
बाग्मती गाउँपालिकामा शिक्षा नीति निर्माणको लागि सुझाव संकलन
मकवानपुर, २७ पुस । बाग्मती गाउँपालिकाले बुधबार शिक्षासंग सम्बन्धित सरोकारवालाहरूसँग गाउँपालिकाको शिक्षा निती निर्माणको लागि सुझाव संकलन गरेको छ । गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी बद्रीनारायण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाले निर्माण गर्न लागेको गाउँ शिक्षा ऐनमा समावेश गर्ने शिक्षा नीति बारे सुझाव संकलन...










