समाचार

डा केसीले अनशन तोडे

काठमाडौँ, २९ पुस । सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत डा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोडेका छन् । पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन तोडेका हुन् । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो लडाइँ सधैँ जारी रहने...

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आजको राशिफल बि.स.२०७४ पौष २९ गते । शनिबार । ईश्वी सन् २०१८ जनवरी १३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि दुवादशी ४५ घडी ०९ पला,रातको १२ बजेर ०१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र...

मुख्य मन्त्रीमा क-कसको दाबी ?

काठमाडौँ, २९ पुस । वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट गर्न लागेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा शुक्रबार...

नारायणी यातायातमा हिरालाल विजयी, गोकर्ण पराजित (हेर्नुहोस् पूर्ण आधिकारिक विवरण)

मकवानपुर, २९ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हाम्रा समाचार प्रमुख बलराम पुडासैनीका अनुसार २ हजार ४ सय ८५ मत खसेको संघमा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी...

चीन र नेपाल सूचना महामार्गमा जोडियो

– हरि लामिछाने र सिबी अधिकारी काठमाडौँ– नेपाल र उत्तरी छिमेकी मुलुक चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी) मा जोडिएका छन् । निरन्तरको प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिकरुपमै व्यावसायिक सेवा शुरु भएको हो । योसँगै दुई कम्पनीले...

जृरिखेतमाथिको जंगलमा आगलागी

मकवानपुर, २९ पुस । पुस महिनाको चिसोमा पनि मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतका जंगलमा आगलागी भएको छ । सो क्षेत्रबाट प्राप्त सूचना अनुसार, करिव ५ सय मिटर क्षेत्रमा आगो फैलिएको छ । आगो नियन्त्रणको प्रयास कतैतिरबाट पनि भएको छैन । स्थानीयका अनुसार, शुक्रबार बिहान ११ बजेतिर आगो लाग्न सुरु भएको...

मकवानपुरको सिस्नेरीमा पनि शाखा रहित बैंकिङ सेवा

मकवानपुर, २८ पुस । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरेका छन् ।...

नारायणी यातायातमा हिरालाल अघिअघि गोकर्ण पछिपछि (ताजा मत परिणाम)

मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १ हजार ५ सय मतगणना भएको छ । १ हजार ५ सय मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ अध्यक्षका प्रत्यासी गोकर्ण पराजुलीभन्दा अगाडि रहेका छन् । श्रेष्ठको ८३३ मत र...

१३ औं राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौंडामा सम्पन्न ,को को भए विजेता ?

मकवानपुर २८ पुस,  बिहिबार हेटौंडामा सुरु भएको राखेप च्याम्पियनसिप अन्तर्गतको १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता आज सुक्रबार सम्पन्न भएको छ । हेटौंडामानै पहिलो पटक भएको कुस्ती प्रतियोगिताको आज फाईनल खेल भएको थियो । फाईनल खेलबाट पुरुष तर्फ  ६१ केजीमा कैलालीका सन्तोष एस के प्रथम भए भने सिराहका...

दन्त चिकित्सकको सम्मेलन शुरु

धुलिखेल, काभ्रे, २८ पुस । कृत्रिम दाँत, आँखा, नाक र कान बनाउने विशेषज्ञ चिकित्सक दन्त स्वास्थ्यका बारेमा छलफल गर्न काभ्रेको धुलिखेलमा भेला हुनुभएको छ । नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचाँै राष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा भेला हुनुभएका चिकित्सकले डिजिटल प्रविधिबारे प्रयोगात्मक अभ्यास पनि गर्नुहुनेछ । अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्यान्ड, हङकङ, बंगलादेश,...