समाचार
धादिङ्को थाक्रेमा ८ सय फिट तल खोलामा गाडी खस्यो
मलेखु, धादिङ, २९ पुस । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको राससले जनाएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडाँैतर्फ आउँदै गरेको बा१६च ८७७३ नंको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो ।...
पुख्र्यौली पेशा जोगाउन माटाका भाडा बनाउदैं पाल्पाका युवाहरु
पाल्पा, २९ पुस । पुख्र्यौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिका–६, तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमाल माटाका भाडा बनाउन जुटेका छन् । कुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि सोमबहादुरले माटोको भाडा बनाउने अभियानमा जु्टेका हुन । माटाका भाडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा...
देशभरका ९ सय वटा निर्माणाधीन पुल अलपत्र , माग ७७ अर्ब, निकासा ३ अर्ब
काठमाडौँ, २९ पुस । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । महाशाखाले...
नेवा बर्जु पुचको लागि दुई रोपनी जग्गा प्रदान
गुल्मी, २९ पुस । गुल्मीको वामीमा रहेका नेवार समुदायको संस्था नेवा बर्जु पुचको मन्दिरसहितको भवन निर्माण गर्न दुई व्यक्तिद्वारा जग्गा प्रदान गरिएको छ । मुसिकोट नगरपालिका–७ वामी निवासी मोहनलाल श्रेष्ठ र मनोज श्रेष्ठले संयुक्तरुपमा मुनपाको सोही वडा इस्मालीथानस्थितको दुई रोपनीभन्दा बढी जग्गा निःशुल्करुपमा पुचको लागि सहयोग गरेको नेवा बर्जु...
बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार
बैतडी, २९ पुस । बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको...
औषधि र डाक्टरसहित सांसद जाजरकोटमा
जाजरकोट, २९ पुस । जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा...
मोटरसाइकको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु
जुम्ला, २९ पुस । मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्ने...
प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा श्रद्धाञ्जलि
भीमदत्तनगर, २९ पुस । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरेका छन् । कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका प्रधानमन्त्री देउवाले आज बिहान भीमदत्तनगरपालिका–६ स्थित वडासभापति भट्टको घरमै पुगेर पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त...
सामुदायिक विद्यालयको पठनपाठन अंग्रेजीबाट गरिने
भक्तपुर, २९ पुस । सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार साँझ नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न दोस्रो नगरसभाले सो निर्णय गरेको हो । नगरसभापछि नगरप्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै...
बाघको गणना शुरु
नवलपरासी, २९ पुस । नवलपरासी बर्दघाट सुस्ता पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको राससले जानकारी दिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका...








