समाचार

सिँचाइयुक्त दुई हजार हेक्टर जमिन बाँझो

–लक्ष्मीप्रसाद सापकोटा फलेवास, पर्वत, ३० पुस । पर्वतमा सिँचाइ सुविधा भए पनि दुई हजार हेक्टर जमिन अझै बाँझो रहेको पाइएको छ । वर्षेनी बाँझो जमिन बढ्न थालेका कारण बाँझो नराख्ने अभियान थालिए पनि दुई हजार हेक्टर जमिन अझै बाँझो रहेको पाइएको हो । “अभियान नचलाउने हो भने बाँझो जमिन...

थारु बस्तीमा ‘माघी पर्व’को खुशीयाली

–शेरबहादुर सिंह भीमदत्तनगर, ३० पुस । ‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’ गीतका शब्दझैँ मध्यपश्चिमको दाङदेखि सुदूरपश्चिमको सीमान्तकृत जिल्ला कञ्चनपुरसम्म बसोबास गर्ने थारु बस्तीमा यति बेला माघी पर्वको खुशीयाली छाएको छ । चौधरी–थारु बस्तीमा...

सवारी जाम र साँगुरा पुलः ज्यान जोगाउनै हम्मे–हम्मे

– रमेश लम्साल र हरि लामिछाने काठमाडौँ, ३० पुस । पूर्वाधार विकासका आयोजना तयार पार्दा दीर्घकालीन आवश्यकता र परिपूर्तिको सामञ्जस्यतामा ध्यान पु¥याउन नसक्दा राजधानीका सर्वसाधारणलाई ज्यान जोगाउन मुश्किल पर्ने गरेको छ । सडकमा बाटो काट्दा होस् या पुल तर्दा नै किन नहोस् सर्वसाधारणले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता...

सामुदायिक पदमार्गमा पर्यटक बढ्यो

–सन्तोष गौतम बाबियाचौर, म्याग्दी, ३० । म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो । सन् २०१६ मा ८९४...

एम्बुलेन्स सेवाका लागि एउटै टेलिफोन नं दिने तयारी

– किरण भट्टराई काठमाडौँ, ३० पुस । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नंको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नंमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो । एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नं १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका...

अलैँची नीति लागू गर्न व्यवसायीको सुझाव

– प्रकाश धौलाकोटी तेह्रथुम, ३० पुस । सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैँची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीरूको सुझाव छ । शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढवा दिने उद्देश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि अहिलेसम्म नीति लागू नभएका कारण...

राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिँदै देउवा

धनगढी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताउनुभएको छ । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उहाँले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट गर्नुभयो ।” उहाँले आफ्नो व्रतबन्ध भएको...

हेटौँडा सिमेन्टले मूल्य बढायो

हेटौंडा, ३० पुस । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले...

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा शाक्य

काठमाडौँ, ३० पुस । साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा गुह्यरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासंघको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासंघले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एशोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागितामा भएको सो सभाले...

सूचना आयोगको तीन कृति सार्वजनिक

काठमाडौँ, ३० पुस । राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । आयोगद्वारा यहाँँ आयोजित पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । आयोगका प्रमुख सूचना आयुक्त...