समाचार

कैलाश सिरोहियाले ब्ल्याकमेलिङ गरेको भन्दै व्यवसायी सुमार्गीद्वारा संघर्षको घोषणा(सुमार्गीले जारी गरेको विज्ञप्तीसमेत )

काठमाडौं । नेपालको चर्चित पत्रिका कान्तिपुर प्रकाशन प्रा.लिका अध्यक्ष तथा सञ्चार उद्यमी कैलाश सिरोहियामाथि सञ्चार माध्यमको दुरुपयोग गरेर ब्लाकमेलिङ गरेको आरोप लागेको छ । मकवानपुरका सञ्चार उद्यमी तथा मुक्तिश्री प्रा.लिका अध्यक्ष अजेयराज सुमार्गीले सोमबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहिया ब्लाकमेलर भएको आरोप लगाए । उनले...

थाहानगरका सर्वसाधारण भन्छन् –‘बसको हुटमा यात्रा गर्दा ज्यानै जाने डर भो’

–बलराम पुडासैनी मकवानपुर, १ माघ । आजभोलि माघे संक्रान्ति तथा सोनाम ल्होछार पर्वको कारण मानिसहरु आफ्ना आफन्त र घरपरिवारसंग भेटघाटको लागि आवतजावत गर्ने क्रम बाक्लिएको छ । यात्रु बढेको माहोलका कारण सवारी चाप पनि बढ्ने गरेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका जाने सवारी साधनमा देखिएको चाप त...

राष्ट्रपति र उपराष्ट्रपतिबाट माघे संक्रान्ति/माघीको शुभकामना

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र...

आज थारु समुदायको नयाँबर्ष माघी पर्व

काठमाडौँ, १ माघ । थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १...

आज माघे (मकर) सङ्क्रान्ति

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको...

ल्होछार विवाद कायमै : माघ ४ कि फागुन ४ ?

-सन्देश थिङ मकवानपुर, १ माघ । हरेक वर्ष माघ शुक्ल पक्ष प्रतिपदाका दिन मनाईँदै आइएको ल्होछार यस वर्ष माघ ४ गते मनाईने नेपाली पात्रोमा उल्लेख छ । तर नेपाल तामाङ घेदुङले यो वर्ष सोनाम ल्होछार फागुन ४ गते ग्याल्पो ल्होछारको दिन पर्ने दाबी गरेपछि तामाङ समुदायमा नै ठूलो विवादको...

उद्योग संघ र नारायणी यातायातका नयाँ कार्य समितिलाई स्वागत

मकवानपुर, १ माघ । मकवानपुर उद्योग वाणिज्य संघले आईतबार एक कार्यक्रमका बीच नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नयाँ कार्यसमितिको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी यातायातका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठ र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको नेतृत्वमा दुवै संघका कार्यसमितिका...

पदमपोखरीका गुम्बाहरुमा विश्व शान्तिका लागि पूजा (फोटो फिचर)

मकवानपुर, १ माघ । थाएसास गोल्फेल्लीङ धर्म श्रवण तथा चिन्तन बिस्तार केन्द्र र हृग्याल छ्युलिङ गोन्पाको संयुक्त आयोजनामा विश्व शान्तिका निमित्त दोर्जे फुर्वा बज्रकिलाया पुजा तथा प्रबचन कार्यक्रम शनिबार हेटौंडाको पदमपोखरीमा सम्पन्न भएको छ । बर्तमान समयमा मानिसकरुमा अशान्ति ,हत्या,हिँसा,आतंक विभिन्न रोगको संक्रमण, महामारी, अनिकाल र चिन्ता बढेको कारण...

योग पर्यटन प्रवर्द्धन गर्न माग

(पूर्णप्रसाद मिश्र) काठमाडौँ, ३० पुस । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने गरेकामा यसबाट टाढा भएकाले अनेक समस्या बढ्न थालेपछि पछिल्लो समय मानिस फेरि योगतिर आकर्षित हुन थालेका छन् । आधुनिक युगको प्रभावमा योगलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार...

अदुवाको मूल्य घटदा किसान समस्यामा

– खगेन्द्रप्रसाद घिमिरे धनकुटा, ३० पुस । प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् । आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई बताउनुहुन्छ ।...