हेटौँडाको बसामाडीमा ट्रक र जिप ठोक्किदा एकको मृत्यु

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार १५:१५

हेटौँडा, ११ माघ । हेटौँडा उपमहानगरपालिकाको बसामाडीमा ट्रक र जिप ठोक्किदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाईते भएका जीप चालक बिकास खनियाको मृत्यु भएको हो ।

बिहिबार दिउसो २ बजे हेटौंडाबाट मनहरी जादै गरेको ना.२.च.३३८७ नम्बरको जिपलाई मनहरीबाट हेटौंडा तर्फ आइरहेको ना.५.ख.८८६१ नम्बरको ट्रकले हेटौंडा उपमहानगरपालिका ३ बसामाडी सडकखण्डमा ठक्कर दिदा गम्भीर घाईते भएका जिप चालक चितवन भरतपुरका खनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता दिलिपराज झाले बताए ।

गम्भीर घाइते भएका खनियाको हेटौडा स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकले ठक्कर दिएपछि जिपको पुरै भागमा क्षती पुगेको छ भने मृतक खनियाको मोबाइल फुटेकाले परिवार संग सम्पर्क गर्ने प्रयास भैरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*