समाचार
राना समुदायको झीँ झीँ नाच लोप हुँदै
–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २ माघ । यहाँको राना समुदायकोे झीँ झीँ नाच लोपोन्मुख अवस्थामा पुगेको छ । इतिहासका बारेमा वर्णन गरी परम्परागत शैलीमा देखाइने नाच लोप हुने संघारमा पुग्दा चिन्ता व्यक्त गरिएको छ । राना समुदायको इतिहास र वीरताका घटनालाई गीतमार्फत व्यक्त गरी झीँ झीँ नाच देखाउने गरिन्छ ।...
व्यापार मेलामा एकैदिन चार करोडको कारोबार
पोखरा, २ माघ । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको...
माईखोलामा मेला शुरू, भारतबाट पनि मेला भर्नेको घुँईचो
इलाम, २ माघ । माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा...
राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट
इनरुवा, २ माघ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको छ । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका...
विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य
– हरिकुमार राई गाईघाट, उदयपुर, २ माघ । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल...
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान
रत्ननगर, चितवन, २ माघ । उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रधानले एक हजार ४८९ मत ल्याउँदा श्रेष्ठले...
जंगलको आगलागीमा दुईको मृत्यु
रुकुम, २ माघ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी...
छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार
–मोहम्मद सदरुल भद्रपुर, २ माघ । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र...
चक्कु प्रहार गरी हत्या, महिला पक्राउ
कञ्चनपुर, २ माघ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी...
पाँच घरमा आगलागी हुँदा रु १७ लाखको क्षति
गाईघाट, उदयपुर, २ माघ । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि...










