बाग्मती गाउँपालिकामा पहिलो पटक पिकनिकको रमझम सहित प्रअ बैठक
राईगाउँ, ११ माघ । बाग्मती गाउँपालिका श्रोक केन्द्र स्तरीय प्रअ बैठक बुधबार पिकनिक सहित सम्पन्न भएको छ । श्रोतकेन्द्र स्तरीय प्रअ बैठक पिकनिक कार्यक्रम सहित गरिएको यो पहिलो पटक हो ।
कार्यक्रममा सहभागी विद्यालयका प्रधानध्यापक तथा अतिथिहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुतिसंगै मनोरञ्जनात्मक कार्यक्रम सहित बैठक गरिएको थियो । स्रोत केन्द्र स्तरीय प्रअ बैठक पिकनिक कार्यक्रम गरि संचालन गर्ने यो नै पहिलो स्रोत केन्द्र भएको श्रोत व्यक्ति चौधरीले दाबी गरे । पिकनिक सहितको बैठक आयोजना गरी फरक ढंगले बैठक संचालन गरेकोमा विद्यालयका प्रधानाध्यापकहरूले श्रोत व्यक्ति चौधरीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमलाई सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार राईले सहजीकरण गरेका थिए । बाग्मती नदी र चौरा खोलाको संगम स्थल हालको बाग्मती–४ को ऐतिहासिक भूमी देउतिनमा कार्यक्रम भएको हो ।
श्री देवकी माविका प्रधानाध्यापक खड्ग पुलामीको अध्यक्षता तथा बाग्मती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका निमित प्रशासकिय प्रमुख राजु अर्याल, गाउँपालिका शिक्षा संयोजक ध्रुव थापा ,श्रोत व्यक्ति रविन्द्र प्रसाद चौधरी ,एकीकृत अखिल शिक्षक संगठन गाउँपालिका अध्यक्ष वसन्त राई, नेपाल शिक्षक संगठन गाउँपालिका अध्यक्ष चन्द्र थापा , नेपाल शिक्षक संघ गाउँपालिका अध्यक्ष जय नेपाल थापा ,अभिभावक उत्प्रेरण कार्यक्रमका गाउँपालिका संयोजक वीरबहादुर राई ,गाउँपालिका अध्यक्षका स्वकिय सचिव मनोज बलका साथै स्रोतकेन्द्र अन्तर्गतका ५० वटै विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
