दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार १०:१९

भोजपुर, ११ माघ । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।

सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।

एक कार्यक्रमको आयोजना गरी दुवै वडालाई सहकारीयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीबहादुर खतिवडाले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*