समाचार

चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट

नुवाकोट, २८ पुस । चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको वहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन १३ मेगावाटमा झरेको छ । तापक्रमको दर...

न्यूनतम पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

काठमाडौँ, २८ पुस । सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको...

अन्तु कटेजमा आगलागी हुँदा नौ लाखको क्षति

मंगलबारे, इलाम, २८ पुस  इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ ।  सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा आज बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने...

बसको ठक्करबाट बालकको मृत्यु

दाङ, २८ पुस । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् । आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३...

यसकारण हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त छ : कमान सिं पाख्रिन

मकवानपुर २८ पुस । मकवानपुरको हेटौंडालाई प्रदेश नम्वर ३ को को राजधानि बनाउनु पर्छ भन्दै माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य एवं माओवादि केन्द्र मकवानपुरका संचार विभाग पमुख कमान सिं पाख्रिन पृथकले सामाजिक संजालमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यसोत यस विषयमा थुप्रै चर्चा र बहस मकवानपुरमा हुदैं आइरहेको...

एम्नेष्टी हेटौंडामा नयाँ कार्यसमिति, तीर्थदेवी सिलवाललाई सम्मान

मकवानपुर, २८ पुस । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १८ औं बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले बिजयकुमार बैद्यको संयोजकत्वमा २ बर्षका लागि ९ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिको सहसंयोजकमा उत्तम शर्मा ढकाल, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा आशा ढकाल, सहसचिवमा प्रल्हाद घिमिरे...

नारायणी यातायातमा मतगणना जारी, ताजा मतपरिणाम यस्तो छ

मकवानपुर, २८ पुस । नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १ हजार मतगणना भएको छ । १ हजार मतगणना हुँदा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठको ५५१ मत र पराजुलीको ४३० मत रहेको...

मकवानपुरको मनहरीमा ३ घर जल्यो, करिब ४ लाख ३० हजारको क्षति

–चन्द्र घलान मकवानपुर, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा शुक्रबार बिहान सवा १० बजे लागेको आगोले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार स्थानीय दिलबहादुर थिङको घरमा करेन्ट सर्ट भई...

सजिलो सहकारीको कारोबार करिब सवा २ करोड

हेटौंडा,२८ पुस । मकवानपुरको हेटौंडा ४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लि.को कारोबार करिब सवा दुई करोड पुगेको छ । बिहीबार हेटौँडामा भएको संस्थाको सातौँ बार्षिक साधारण सभामा सो जानकारी दिइएको हो । संस्थाका कोषाध्यक्ष दिपक सुबेदीले आर्थिक वर्ष २०७३–७४ मा संस्थाले २ करोड २३ लाख ५६ हजार ५...

सुखी भविष्य बचतको बचत करिब ६३ लाख, साधारणसभामा ४ जनालाई सम्मान

-मञ्जरी बलामी थाहा नगर, २८ पुस । मकवानपुरको थाहानगरमा अवस्थित सुखी भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ६२ लाख ८५ हजार ३ सय १ रुपैयाँ पुगेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सहकारी संस्था लिमिटेडको बिहीबार भएको आठौँ बार्षिक साधाराणसभा मार्फत उक्त हिसाब सार्वजनिक गरिएको हो ।...