राजधानी बनेको खुशियालीमा हेटौँडामा काउनको दीप प्रज्वलन
हेटौँडा, १० माघ । ट्रेड युनियन काँग्रेस र बिडब्लुटी संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको आयोजनामा मंगलबार साँझ ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा बनेको खुशियालीमा हेटौंडा ४ मा दीप प्रज्वलन गरिएको छ ।
काउनका अध्यक्ष खलिल मियाँको अध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा बोल्दै बानियाँले काँग्रेसको विशेष पहललाई स्वीकार्दै काँग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडा अस्थायी राजधानी बनेको बताउँदै अब स्थायी बनाउन सबै राजनीतिज्ञ लाग्नुपर्ने बताए ।
दीप प्रज्वलन कार्यक्रममा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव आनन्द कठायत, प्रवक्ता प्रदिप कोईराला, महासमिति सदस्य भरत पराजुली, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, ट्रेड युनियन काँग्रेसका अध्यक्ष कुमार पौडेल, रुस्तम आलमलगायतका नेतारकार्यकर्ता, काउनसंग आवद्धता रहेका निर्माण तथा श्रमिकहरुको उपस्थिति रहेको थियो ।
