मैले ‘ब्याक’ मा बसेर मजुवा खानी बन्द गराएको हैन : अध्यक्ष हुमागाई
मकवानपुर ९ माघ । मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईले हेटौंडा सिमेन्टले कच्चा पर्दाथ उत्खनन्का लागि प्रयोग गर्न चाहेको मजुवा खानी आफुले ब्याकमा बसेर बन्द गराएको भनी सार्वजनिक समाचार प्रति आपत्ति जनाएका छन् । आज मंगलबार तु खबरमा यसबारे समाचार सार्वजनिक भएको थियो ।
हेटौंडा सिमेन्टले उद्योगको लागि आवश्यक कच्चा पदार्थ सोही मजुवा खानीबाट उत्खनन् तथा संकलनको लागि ठेक्का मार्फत बाँनिया ÷ ओमशाई जेभीलाई अनुमती दिएको थियो ।अनुमती प्राप्त ठकेदार कम्पनीले मजुवा खानीबाट कच्चा पर्दाथ उत्खनन् गर्न अवरोध भएपछि दैनिक २ लाख रकम घाटा व्यहोरीरहेको भन्दै खानी संचालनको लागि उचित वातावरण वनाईदिनको लागि निर्माण व्यवसायी संघ मार्फत अपिल गरेको थियो ।
गाँउपालिका अध्यक्ष हुमागाईले बर्षौंदेखी स्थानियले ११ बुंदे माग राखी सो मागहरु पुरा गरेरमात्र खानी सुचारु गर्न भनेको स्मरण गर्दै स्थानीय वासिन्दाको वास्तविक समस्याको समाधान गरी उद्योग संचालन हुनुपर्ने धारणा राखे ।
“यो व्यक्तिगत स्वार्थको कुरा हैन मैले केहि मागेको छैन् । प्रमाणीत भए जस्तो सुकै कारवाही भोग्न तयार छु मैले पछाडी बसेर खानी बन्द गराउँने कुरै आउँदैन ” उनले तु खबर संग भने ।
उनका अनुसार सो खानी संचालन हुँदा स्थानीयलाई पर्न सक्ने जोखिमका बारे सचेत हुन आवश्यक छ ।
उद्योग स्थानीयको समस्या समाधान गर्न अग्रसर नभएको बर्षौंदेखि सो मागहरु पुरागर्न नचाहेको कारणले समस्या आएको अध्यक्ष हुमागाईको भनाई छ ।
