समाचार

निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही, को–को परे कारवाहीमा ?

काठमाडौँ, २६ पुस । निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताउनुभयो । आचारसंहिता...

थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना

– नीरज गौतम नेपालगञ्ज, २६ पुस । ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्…’ यो थारु गीत अहिले पश्चिम...

सहकारीबाट विकासमा जोड, संचारकर्मी मञ्जरी बलामीलाई जेहेन्दार विद्यार्थी सम्मान

मकवानपुर, २६ पुस । आफुलाइ सहकार्यमा परिणत गर्नुु र सहकारीबाट बिकास गर्नु आवश्यक भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका अध्यक्ष मधुसुदन रायमाझीले बताएका छन् । गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका रायमाझीले त्यस्तो बताएका हुन् । थाहा नगरपालिका शिखरकोटको...

नारायणी यातायात पत्रकारीता पुरस्कारबाट मकवानपुरका ४ पत्रकार सम्मानित

मकवानपुर २६ पुस । नारायणी यातायात पत्रकारीता पुरस्कारबाट आज मकवानपुरका ४ जना पत्रकार सम्मानित भएका छन् । यातायात व्यवसायीहरुको ठुलो संगठन नारायणी यातायात व्यवसायी संघको ३१ औं साधारणसभा समारोहमा पत्रकारहरुलाई सम्मान गरीएको हो । समारोहले भुगोल न्यूज डट्कमका तिलक अधिकारी , अन्नपुर्ण पोष्टका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर...

जबर्जस्ती देह ब्यापारमा लगाएको आरोपमा लजका सञ्चालक पक्राउ

भद्रपुर, २६ पुस । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख...

शिक्षकले पाएनन् तलब

जुम्ला, २६ पुस । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र...

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

बेनी, म्याग्दी, २६ पुस । सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना...

उद्योग विभागमा सात हजार उद्योग दर्ता

काठमाडौँ, २६ पुस । उद्योग विभागले हालसम्म सात हजार २६० उद्योग दर्ता गरेको छ । ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म सात हजारभन्दा धेरै उद्योग दर्ता गरेको हो । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना चार हजार ६७४ उद्योग...

किन नियन्त्रणमा आउन सकेन जाजरकोटमा भाइरल

– हेमन्त केसी जाजरकोट, २६ पुस । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि...

सिरहाका शीतलहर पीडितलाई पोखरेलीको राहत

पोखरा, २६ पुस । असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा क्रियाशील रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ चन्द्रज्ञलालपुरमा शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण गरेको छ । उक्त क्षेत्रका मुसहर समुदायका बालबालिका, महिला एवं पुरुषसहित करिब १५० जना शीतलहरले पीडित व्यक्तिलाई मंगलबार न्यानोका लागि राहत वितरण...