तीन महिना वितिसक्दा पनि उपमहानगरपालिकाले शिक्षकलाई तबल खुवाएन

तु खबर संवाददाता
२०७४ माघ ९, मंगलवार ०९:३६

मकवानपुर । उपमहानगरपालिकाभित्रका शिक्षकहरुले ३ महिनादेखि तलब खान नपाउँदा उनीहरु मारमा परेका छन् । स्थानीय तहमा अधिकार आउनुभन्दा पहिला शिक्षा कार्यालयमार्फत् तलब भत्ता पाउँदै आएका श्रिक्षकहरुले अधिकार विकेन्द्र्रीकृत भई नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकामा आएपछि हेटौंडा उपमहानगरपालिकाभित्रका सरकारी विद्यालयका शिक्षकहरुले तलब भत्ता पाउन सकेका छैनन । जसका कारण शिक्षण पेशामा संलग्नहरु मर्कामा परेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका सूचन अधिकारी शंकर उपाध्यायले शिक्षकहरुलाई तबल भत्ता दिनेतर्फ अवश्यक छलफल भइरहेको बताएका छन् । केही प्राविधिक समस्याले हुन सक्छ, यससम्बन्धमा आवश्यक पहल हुनेछ, उनले भने ।
तीन महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरुले सामाजिक संजालमा समेत रोष प्रकट गरेका छन् ।


हेटौंडा उपमहानगरपालिकामा शिक्षा हेर्ने शारदा मैनालीले उपमहानगरपालिकाले स्रोतको व्यवस्थापन गरिररहेको बताए । उनका अनुसार, यस विषयमा उपमहानगरपालिमा छलफल भइरहेको छ ।
हेटौंडा उपमहानगरभित्र ८४ विद्यालयका शिक्षकलाई तलबको व्यवस्थापन गर्नुपर्नेछ । स्रोतका अनुसार, अहिले उपमहानगरपालिमा शिक्षकको तलबको लागि करिव १२ करोड रुपैयाँ आवश्यक छ । तर, खातामा करिव ५ करोडमात्र बजेट बाँकी रहेका कारण शिक्षकलाई तलब भत्ता भुक्तानी गर्न उपमहान्गर अग्रसर नभएको हो ।
अन्य गाउँपालिकामा शिक्षकलाई तबल भत्ता भुक्तानी भइसकेको छ । तर, उपमहागरपालिकामा भने बजेट अभाव देखाउँदै तबल भुक्तानी गरिएको छैन ।

मनहरी गाउँपालिका अन्तर्गत पशुपति मा.विका प्रअ भानुभक्त आचार्यले आफ्नो शिक्षकहरुले गाउँपालिकाबाट २ महिनाको तलब पाइसकेको बताए । त्यसैगरी, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आजभोलिमै आफ्नो गाउँपालिकाले तलब खुवाउने जानकारी दिए । कार्यकारी अधिकृत नभएकाले समस्या आएको थियो, अब मिलिसक्यो, केहीदिनभित्रै तबल खुवाउँछौँ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*