सरस्वती पूजाको दिन भीमफेदीमा भीम आधार स्कुलको ११ औँ अभिभावक भेला संम्पन्न

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १८:३५

भीमफेदी, ८ माघ । मकवानपुरको भीमफेदी गाउँपालिकामा एकमात्र शैक्षिक गुठी अन्तरगत सञ्चालित अंग्रेजी माध्यमको आधारभुत विद्यालय भीम आधार सामुदायिक स्कुलको एघारौं अभीभाबक भेला तथा सरस्वती पुजा सोमबार एक समारोहबिच भब्यताका साथ संम्पन्न भएको छ ।

कार्यक्रमलाइ अभभिाबक हरेन्द्र पटेल,नेपाल बाल संगठन सुरेन्द्र सापकोटा ,एन आइ सि मैनेजर प्रकाश थापा,ने.रे.सो.उपशाखा सानु थापा,जनजाती रंजित राना लगायतका ले शुभकामना ब्यक्त गरेका थीए । कार्यक्रममा विद्यालयको गतिविधि तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै विद्यालयका उत्कृष्ट विद्यार्थी लगायत नियमित विद्यालय आउने छात्र विशाल मिजार, सरसफाईमा उत्कृष्ट छात्र आयुष तामाङ तथा उत्कृष्ट शिक्षिका बिनिता पौडेललाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको थियो ।

विद्यालयले एन प्याब्सन मकवानपुर र गाउँपालिका वडानं ६ कार्यालयलाई मायाको चिनो प्रदान गरेको विद्यालयका प्रिन्सिपल माया सिवाकोटीले जानकारी दिए । नेपाल राष्ट्रिय आबाससिय तथा बिद्यालय संगठन नेपालका मकवानपुर जिल्ला अध्यक्ष नारायण राजथलाको प्रमुख आतिथ्य तथा भीमफेदी गाउँपालिका वडानं ६ वडा अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सिताराम थापाको सभा अध्यक्षतामा कार्यक्रम भएको हो ।

विद्यालयका प्रशासन प्रमुख सुरेन्द्रराज थिकेले सञ्चालन गरेको कार्यक्रममा बहुउदेशीय प्लाष्टिक उद्योग, नेपाली सेना प्रमुख प्रतिनिधि , शसश्त्र प्रहरी कारागार सुरक्षार्थ प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख तथा एन आइ सि बैंक शाखा प्रमुख, जनजाति महासंघ गाउँ इकाइ परिषद अध्यक्ष रंजित राना,नेपाल रेडक्रस सोसाइटी उपशाखा भीमफेदी सभापति सानु थापा, नेपाल बाल संगठन जिल्ला कमिटि प्रतिनिधि सुरेन्द्र सापकोटा लगायत सरकारी कार्यालय कृषि, पशु, स्वास्थ्य, शिक्षा प्रमुख प्रतिनिधिका साथै संघ संस्था ,सहकारी प्रतिनिधिको विशेष उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*