‘हेटौँडामा सडक बिस्तार आवश्यक भइसक्यो, सबैले चासो दिनुपर्छ’–आनन्दराम पराजुली

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १८:५१

मकवानपुर, ८ माघ । नेपाली काँग्रेसका हेटौँडा नगर सभापति आनन्दराम पराजुलीले मकवानपुरको हेटौँडामा सडक विस्तार अपरिहार्य भइसकेको बताएका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार हेटौँडामा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले हेटौँडामा सडक फराकिलो पार्नु तत्कालको आवश्यकता भएको भन्दै राजधानी भइसकेपछि भौतिक पुर्वाधार पनि राम्रो हुनुपर्ने धारणा राखे ।

उनले मकवानपुरका सबै सरोकारवालाहरुले सडक विस्तारमा चासो राख्नुपर्ने बताउँदै व्यवसायीहरुलाई सुरक्षित तरिकाले व्यवस्थित गरेर सडक विस्तार गर्नुपर्ने बताए । साथै बजार व्यवस्थापन समेत राम्रो हुनुपर्ने उनले धारणा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*