अचेत अवस्थामा फेला परेकी विद्यार्थी सहित ३ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १५:३४

काठमाडौं, ८ माघ । मुलुकका विभिन्न स्थानहरुमा अचेत अवस्थामा फेला परेका व्यक्तिहरुको अचेत अवस्थामै ज्यान गएको छ ।
हुम्लाको अचेत अवस्थमा फेला परेकी श्रीमहाबौद मा.वि.नाम्खामा कक्षा १० मा अध्ययनरत नाम्खा गाउँपालिका–५ तुमकोट बस्ने १७ वर्षीया सिचु डोमाको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार विद्यालयको होस्टेलमा अचेत अवस्थामा फेला परेकी डोमालाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात हेलिकप्टरद्वारा मणिपाल अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पर्साको बिरगंज महानगरपालिका–१५ स्थित अगर बत्ती कारखाना नजिक आइतबार अचेत अवस्थामा फेला परेका नाम, थर, वतन नखुलेका करीब ७० वर्षीय पुरुषको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

महोत्तरीमा आगो ताप्ने क्रममा शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी मनरा शिसवा नगरपालिका–२ ईटहर्वा बस्ने ६५ वर्षीया मंगली देवीको उपचारको क्रममा मृत्यु भएको छ । गत पुस २५ गते आफ्नै घर अगाडी आगो ताप्ने क्रममा शरीरको विभिन्न भाग जलेर घाइते भएकी मंगलीको गएराति जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*