हेटौँडामा एउटा मालबाहक ट्रक नियन्त्रण

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार १९:३१

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेकपोष्टमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिइएको छ ।

आईतबार बिहान करिब ९ बजेर १० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन रोकी जाँच गर्ने क्रममा बिरंगजबाट हेटौडातर्फ आउँदै गरेको ना. ३ ख. ६०९६ नम्बरको ट्रकमा बिल भन्दा बढी मालसामानहरु रहेको भन्ने सुचनाको आधारमा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएको ट्रकलाई सामान सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*