मकवानपुरको जंगलमा महिलालाई बलात्कार गर्ने कुमार पक्राउ

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार १९:१७

मकवानपुर, ७ माघ । मकवानपुरको बाग्मती गाउँपालिकाका एक महिलालाई जबरजस्ती बलात्कार गरी फरार भएका एक मानिसलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका ३५ वर्षीय कुमार न्यासुरलाई ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

न्यासुरले माघ ४ गते बिहीबार करिब ३ बजेको समयमा बाग्मती गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३५ की महिलालाई सोही ठाउँको ढाडे स्थित जंगलमा बाख्रा चराई रहेको अवस्थामा एक्कासी पछाडीबाट समाती बलात्कार गरेका थिए । बलात्कारपश्चात कराएमा मारी दिन्छु भनि धम्काएर उनी फरार भएको प्रहरीले जनाएको छ ।

शुक्रबार पक्राउ पश्चात उनलाई सम्मानित अदालतमा पेश गरेकोमा जवरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*