यसरी चुनिनेछन् राष्ट्रियसभाका सदस्य, कसको कति मत ? (३ नम्बर प्रदेशको मतदाता नामावली सहित)
काठमाडौँ, ८ माघ । अस्थायी प्रदेश राजधानीमा प्रदेश प्रमुख र सभामुखबाट आईतबार प्रदेश सांसदहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै अब सबैको ध्यान राष्ट्रिय सभा सदस्यको चुनावतर्फ केन्द्रित भएको छ । सरकारले माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोकेको छ । त्यही अनुसार आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएको छ ।
राष्ट्रिय सभा सदस्यको बारेमा चासो बढेकै समयमा निर्वाचन आयोगले आईतबार नै राष्ट्रियसभा सदस्यको नाम सार्वजनिक गरिसकेको छ । दलहरुले बहुमत प्राप्त प्रदेशमा प्रादेशिक सरकार गठनको गृहकार्य र राष्ट्रियसभा निर्वाचन तयारी समेत शुरु गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकाय प्रमुख र उपप्रमुखको १८ हुनेछ । यही मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् । राष्ट्रियसभामा ५६ सांसद निर्वाचित हुने छन् । निर्वाचन तालिका अनुसार माघ १० गते राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ताको दिन तोकिएको छ । चुनावका लागि हरेक प्रदेशको उच्चअदालत रहेको स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।
यो चुनावमा बाम गठबन्धनले आफ्नो मतदाता अनुसार ४२ सिट जित्ने आँकलन गरेको छ भने १४ सिटमा कांग्रेसलगायतको गठबन्धनले जित्ने अनुमान गरिएको छ । त्यस्तै राष्ट्रियसभाका तीन सदस्य राष्ट्रपतिले मनोनित गर्ने संबैधानिक व्यवस्था समेत भएकोले ३ जना मनोनित पनि हुनेछन् ।
कहाँ कति मतदाता ? कुन पार्टीको कति ?
आईतबार भएको शपथ ग्रहणमा ५५० प्रदेश सांसदमध्ये प्रदेश नं ४ का दिपक मनाङ्गेबाहेक सबैले सपथ ग्रहण गरेका छन् । प्रदेशसभाका सांसद राष्ट्रियसभाका मतदात समेत रहने भएकाले उनीहरु आइतबारबाटै राष्ट्रियसभा निर्वाचनका लागि मतदातामा गनिएका छन् ।
प्रदेश नं १ मा कसका कति मतदाता ?
प्रदेश नं १ मा सवैभन्दा बढि प्रदेश सांसद एमालेका छन् । यहाँ एमालेका ५१ सांसद छन् । त्यसैगरी दोस्रोमा कांग्रेसका २१, माओवाद १५ संघीय समाजवादी फोरम ३, राप्रपा १ र स्वतन्त्र १ गरी जम्मा ९३ जना रहेका छन् । तर, प्रदेश १ मा प्रदेश सांसद र स्थानीय प्रमुख उप्रप्रमुखसहित सवै गरेर राष्ट्रियसभाका मतदता ३६७ जना हुनेछन ।
प्रदेश २ मा संसफोका सांसद बढि
यो प्रदेशमा सवैभन्दा बढि २९ जना प्रदेश सांसद राजपाका छन् । दोस्रोमा राजपा २५ तेस्रोमा एमाले २१ र चौथोमा काँग्रेस १९ जना सांसद छन् । त्यसैगरी माओवादी ११ ने.स.स १ र स्वतन्त्र १ गरी १०७ सांसद रहेका छन् । उता यो प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख २७२ जना छन् सवै गर्दा यो प्रदेशमा राष्ट्रियसभाका ३७९ मतदता हुने भएका छन् ।
३ मा एमाले अगाडि
प्रदेश नं ३ मा एमालेका सवैभन्दा बढि प्रदेश सांसद निर्वाचित भएका छन् । यहाँ एमालेका ५८ सांसद छन् भने दोस्रोमा माओवादी २३ र तेस्रोमा कांग्रेस २१ जना छन् । यहाँ विवेकशील ३, नेमकिपा २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद गर्दा ११० सांसद छन् ।
यो प्रदेश सवैभन्दा बढि सासद भएको प्रदेश पनि हो । यो प्रदेशमा स्वतन्त्र सांसद भने छैनन । यो प्रदेशमा प्रदेश सांसद अलवा स्थानीय निकायका प्रमुख तथा उपप्रमुख २३८ जना छन् यो सवै जोड्दा यो प्रदेशका राष्ट्रियसभा सदस्यका मतदता ३४८ भएका छन् ।
४ मा २३० मतदाता
चार नम्बर प्रदेशमा पनि एमालेका सांसद नै बढि छन् । यो प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी १२ छन् भने राजमोका ३ सांसद छन् । त्यस्तै नयाँ शक्ति २ र स्वतन्त्र १ गरी यो प्रदेशमा ६० प्रदेशसभा सांसद छन् । चार नम्बर प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख १७० जोड्दा राष्ट्रियसभाका लागि २३० मतदता भएका छन् । तर, यो प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङगेले शपथ लिएका छैनन ।
५ नम्बरमा ३०५
५ नम्बर प्रदेशमा पनि एमाले नै सांसद नै बढि छन् । यहाँ एमालेका ४१ सांसद छन् भने दोस्रोमा माओवादी २० र तेस्रोमा काँग्रेसका १९ छन् । त्यस्तै संघीय समाजवादी फोरम ५ राजपा र राजमो एकएक सांसद छन् । यो जोड्दा ८७ सांसद हुन्छन् । उता, स्थानीय तहमा यो प्रदेशमा २१८ मतदाता छन् प्रदेश सांसद र स्थानीय प्रमुख र उपप्रमुख जोड्दा ३०५ जना मतदता हुनेछन् ।
६ मा १९८ मात्रै
६ नम्बर प्रदेशमा एमाले २०, माओवादी १३, कांग्रेस ६ र राप्रपा १ प्रदेश सांसद छन् । यो प्रदेशमा ४० प्रदेश सांसद छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५८ जोड्दा १९८ राष्ट्रियसभाका लागि मतदाता भएका छन् ।
७ मा २२९ मतदता
सात नम्बर प्रदेशमा ५३ जना सांसद छन् जसमध्ये एमालेका २५ माओवादीका १४, काँग्रेसका १२ राजपा २ जना प्रदेश सांसद छन् । यो प्रदेशमा स्थानीय तहका प्रमुख उपप्रमुख १७६ गर्दा २२९ मतदता पुगेका छन् ।
जम्मा २०५६ मतदता
सवै प्रदेशका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि प्रमुख उपप्रमुख गरी राष्ट्रियसभाका २०५६ मतदता हुनेछन् । यी मतदताले ५६ जना सांसद निर्वाचित गर्नेछन् ।
हेर्नुहोस् ३ नम्बर प्रदेशको मतदाता नामावली–
प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली
साभार–रातोपाटी
