समाचार
भारतले जमिन मिचेको दावीसहितको अध्ययन प्रतिवदेन सार्वजनिक
काठमाडौं–एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुले वीरगंजको छपकैयामा भारतले ५० विगाहा भन्दा बढि जमिन मिचेको दावी गरेका छन् । दुई दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वीरगंजको छपकैयामा भारतले ५० विगाहाभन्दा बढि जमिन मिचेको उल्लेख गरिएको हो । सीमा विवादको समाचार...
मकवानपुर बहुमुखी क्याम्पसको वार्षिक उत्सवमा खेलकुददेखि गायन प्रतियोगितासम्म
हेटौँडा, १० माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद तथा विविध कार्यक्रमहरु गर्ने भएको छ । वार्षिक उत्सवको अवसरमा स्ववियुले माघ १७ गतेबाट विभिन्न कार्यक्रम आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । उत्सवका अवसरमा रक्तदान कार्यक्रम, गायन प्रतियोगिता,...
साहित्यकार र गायिका सहित ८ जनालाई मकवानपुरमा सम्मान गरिने
मकवानपुर, १० माघ । मोफसलमा स्थापना भएर साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार चेतन कार्कीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुरस्कारको घोषणा गरेको हो । एक...
पेस्तोल देखाएर एक परिवार माथि लुटपाट
भक्तपुर, १० माघ । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब...
हिमपातसँगै पश्चिमी भेगको जनजीवन प्रभावित
बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ ।...
नगर प्रमुखको घर परिसरमा बम विस्फोट
धनगढी,१० माघ । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग...
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
पोखरा, १० माघ । पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने...
आँखा बैंक स्थापनामा सहयोग बेलायतबाट सहयोग जुट्दै
चितवन, १० माघ । बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् । सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि उनीहरुले सहयोग...
कपनमा जनता स्वास्थ्य केन्द्र बन्दै
काठमाडौँ, १० माघ । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ । नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दैै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले सो केन्द्रका लागि आफ्नो पहलमा नगरपालिकामा रु ८८ लाख बजेट...
“बरु जागिर छोड्न तयार, छाउ भएका बेला पढाउन जाँदैनौँ ”
अछाम, १० माघ । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडौ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै...








